Duration 31:00

माथिल्लो तामाकोशी जे जसरी बनेपनि सबै नेपालीले गौरव गर्नुपर्छ। Arjun Kumar Karki । Upper Tamakoshi

714 watched
0
26
Published 8 Jul 2021

माथिल्लो तामाकोशी जलविद्युत आयोजना नेपालीकै पुँजी र प्रविधिबाट निर्माण भएको ठूलो जलविद्युत आयोजना हो। ४५६ मेगावाटको यस जलविद्युत आयोजनाको उद्घाटन तथा उत्पादन शुरु भइसकेको छ। झण्डै डेढ दशकपछि निर्माण सम्पन्न भएको यस आयोजनाले नेपालको उर्जा तथा जलस्रोत क्षेत्रमा "प्याराडाइम सिफ्ट" को रुपमा काम गर्ने बताइएको छ। माथिल्लो तामाकोशीलाई नेपालीकै पुँजीले निर्माण गर्न सकिन्छ र गर्नैपर्छ भन्दै "लबिङ" गर्ने व्यक्ति हुन्- अर्जुनकुमार कार्की। नेपाल सरकारका पूर्व सचिव, माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका संस्थापक अध्यक्ष तथा नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक अर्जुनकुमार कार्कीले माथिल्लो तामाकोशीलाई नेपालकै लगानीमा निर्माण गर्न ठूलो पापड बेलेका छन्। उनले के कस्ता संघर्ष गरेर माथिल्लो तामाकोशीको "हास्यास्पद" मानिएको सपनालाई पूरा गरे? कस्ता अवरोध आए? कस कसका कारण आयोजना निर्माण सम्पन्न हुन सक्यो? यसै सेरोफेरोमा पूर्व सचिव कार्कीसँग दृश्य टिभीले गरेको वार्तालाप

Category

Show more

Comments - 0