Duration 12:3

NMB BANK ले ल्यायो पत्याउनै नसक्ने योजना, अब बिना धितो लाखौ ऋिण लिन पाइने ।

6 624 watched
0
164
Published 17 Dec 2018

#NMBBANK#YOUTHAROMA एनएमबि बैंक लिमिटेडले बचतकर्ता र साना व्यवसायीलाई लक्षित आकर्षक बचत र कर्जा योजना ल्याएको छ । बैंकले सोमबार पत्रकार सम्मेलन गरी ७ प्रकारका लघुकर्जा विनाधितो प्रदान गर्ने र त्यसको व्याजदर सस्तो हुने जनाएको छ । त्यस्तै, एक हजार रुपैयाँ बचत गरी खोलिने सरल बचत खातामा ७ प्रतिशत व्याजसहित बचतकर्ताको १० लाख रुपैयाँ बीमा हुने बैंकले जनाएको छ ।विपन्न वर्गका जनतालाई सहुलियतपूर्ण कर्जा दिने सरकारी नीतिलाई समर्थन गर्दै बैंकले सात प्रकारका कर्जाहरुमा विनाधितो प्रदान गर्न लागिएको जनाएको छ । बैंकले एनएमबि व्यवसायिक कृषि तथा पशुपन्छी कर्जा १० लाख रुपैयाँसम्म, शिक्षित युवा स्वरोजगार कर्जा ७ लाखसम्म, वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा १० लाखसम्म र दलित समुदाय व्यवसाय विकास कर्जा १० लाखसम्म दिने जनाएको छ ।त्यसैगरी, बैंकले उच्च र प्राविधिक तथा व्यवसायिक शिक्षा कर्जा ७ लाखसम्म, भूकम्प पीडितहरुको निजी आवास निर्माण कर्जा ३ लाखसम्म र १५ लाख रुपैयाँसम्म महिला उद्यमशीलता कर्जा उपलब्ध गराउने भएको छ । बैंकका अनुसार यस्तो कर्जा बढीमा पाँच वर्षको लागि प्रदान गरिने छ । कर्जा लिन व्यवसायिक योजना पेश गर्नुपर्छ । शैक्षिक कर्जा लिन कम्तिमा स्नातक पास गरेको, ४० वर्ष भन्दा कम उमेरको, कम्तिमा ७ दिन सम्बन्धित व्यवसाय गर्न तालिम लिएको हुनुपर्नेछ ।यी सात प्रकारका कर्जाको व्याज करिब ८ प्रतिशत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुनिल केसीपत्रकार सम्मेलनमा जानकारी दिनुभयो । यस्तो कर्जामा कुनै पनि प्रकारका शुल्क नलाग्ने प्रमुख व्यापार अधिकृत गोविन्द घिमिरेको भनाई छ ।त्यस्तै, बैंकले कृषि पेशामा संलग्न महिलाहरुलाई लक्षित गरी “अग्रणी महिला कृषि कर्जा” योजना संचालनमा ल्याएको छ । जस अन्तर्गत महिला कृषकहरुले उत्पादन लागतमा आधारित रहि १५ लाख रुपैयाँ सम्मको कर्जा पाउने छन् । यस्तो कर्जा लिन धितो आवश्यक हुनेछ ।एनएमबी बैंकले निक्षेपकर्ताहरुलाई “एनएमबि सहारा बचत खाता” नामक नयाँ योजना ल्याएको छ । एक हजार रुपैयाँ बचत राखेर खोल्न सकिने यस खातामा निक्षेपकर्ताले ७ प्रतिशत व्याज र १० लाख रुपैयाँ सम्मको बीमा सुविधा पाउने छन् ।

Category

Show more

Comments - 14